नेपाल-भारत दोस्रो मैत्रीपूर्ण : नेपाललाई घरेलु मैदानमा जित्ने अवसर

डिसी नेपाल
२० भदौ २०७८ ६:३८
328
Shares

काठमाडौं। ‘हामीलाई नेपालको काउण्टर खेलसँगै मैदानलेसमेत दवाव दियो। नियमित पानीका कारण हामीले राम्रो खेल्न सकेनौं’ बिहीबार दशरथ रंगशालामा नेपालसँग बराबरीमा रोकिएपछि भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले भनेका थिए।

पहिलो खेलमा नेपालसँग १–१ गोल अन्तरमा रोकिएको भारत दोस्रो मैत्रीपूर्ण खेलमा सोही मैदानमा आइतबार खेल्दै छ। खेल साँझ ५:३० मा हुनेछ। शुक्रबार पनि वर्षा भएपछि सो मैदानमा दुबै टोलीलाई अभ्यास गर्न दिइएको छैन । आयोजक जतिसक्दो मैदानलाई चुस्त राख्न लागिपरेको छ।

यस्तै अवस्थामा दुवै टोली अन्तिम मैत्रिपूर्ण खेल जित्न चाहन्छन्। पहिलो खेल बराबरी भएकाले दुबै टोलीलाई अग्रता लिने अवसर छ। अझ घरेलु दर्शकमाझ नेपाललाई त्यो अवसर बढी छ।

५ हजार १ सय दर्शक माझ नेपालले पहिलो खेलमा भारतलाई ठूलै चुनौती दिएको थियो। पहिलो हाफमा कुनै पनि समय भारतले नेपाललाई दवावमा राख्न सकेन। उल्टै नेपालले भारतलाई बारम्बर बल ‘पोसेसन’ राख्दै काउण्टर तनाब दिरहेको थियो।

दोस्रो हाफमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भनेझै भारतले जम्मा १० मिनेटमा नेपाललाई हरायो। बाँकी समय नेपालले भारतलाई दवावमा राखेको थियो।

अनिरुद्ध थापाले ६० मिनेटमा गोल गर्दा मात्रै नेपाल भारतसँग पूर्ण रूपमा दवावमा रह्यो । पहिलो हाफको ३६ मिनेटमा नेपालका अन्जन बिष्टले सुरुवाती गोल गरेपछि नेपाल पूर्ण रूपमा हाबी रहेको थियो।

भारतीय प्रशिक्षक इगोरले आइतबार नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्छन् । उनले पहिलो दिनको पहिलो हाफमा आफ्नो खेलाडी चल्न नसकेपछि ४६ मिनेटमै ३ खेलाडी परिवर्तन गरेका थिए।

नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यू गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका छन्।

नेपाल र भारतले अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रिपूर्ण खेल खेलेका हुन्।

नेपाली टोली भारतसँगको मैत्रिपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *