डिपाए चम्किँदा रोपेली छनोटमा नेदरल्यान्डको सहज जित

डिसी नेपाल
२० भदौ २०७८ ७:४२
68
Shares

काठमाडौं। बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई गोल गर्दा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा नेदरल्यान्डले सानदार जित हासिल गरेको छ। शनिबार राति घरेलु मैदानमा भएको समूह ‘जि’ को खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोमाथि ४-० गोल अन्तरको सहज जित निकालेको हो।

बार्सिलोनाका स्ट्राइकर डिपाएले पेनाल्टीमा गोल गर्दै ३७औँ मिनेटमा नेदरल्याण्डलाई अग्रता दिलाए। ६२औँ मिनेटमा दोस्रो गोल गर्दै डिपाएले नेदरल्यान्डको अग्रता दोब्बर पारे। ७०औँ मिनेटमा जर्जिनियो विज्नाल्डमले नेदरल्यान्डका लागि तेस्रो गोल गरे भने ७६औँ मिनेटपछि कोडी गाक्पोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

मुख्य प्रशिक्षकका रुपमा लुइस भानको यो तेस्रो कार्यकाल हो। उनको नेतृत्वमा टोली बुधबार नर्वेसँग १-१ को बराबरीमा रोकिएको थियो। जितसँगै नेदरल्यान्ड समूह ‘जि’को दोस्रो स्थानमा छ । पाँच खेलबाट नेदरल्याण्डको १० अंक छ । समान पाँच खेलबाट टर्की ११ अंकसहित शीर्ष स्थानमा छ।

अंकमा सीमित मोन्टेनेग्रो चौथो स्थानमा छ । चार अंक बटुलेको लाट्भिया पाँचौँ स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको जिब्रल्टार पुछारमा छ। शीर्ष टोली टर्कीले गए रातिकै खेलमा जिब्रल्टारमाथि ३-० को विजय हासिल गरेको थियो भने नर्वेले अर्को खेलमा लाट्भियालाई २-० ले हराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *