पहिलो मैत्रीपूर्ण खेल बराबरी टुंग्याएका नेपाल-भारत आज पनि प्रतिस्पर्धा गर्दै

डिसी नेपाल
२० भदौ २०७८ ७:५०
96
Shares

काठमाडौं। पहिलो खेलमा बराबरी खेलेका नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार आज हुँदैछ। साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ।

यसअघिकाे पहिलो खेलमा १-१ को बराबर खेल्दै अंक बाँडेका नेपाल-भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ।

पाँच हजारभन्दा बढी घरेलु दर्शक माझ नेपालले खेल आफ्नो पकडमा राख्न सक्ने माैका छ।

भारतीय प्रशिक्षक इगोरले आइतबारकाे दोस्रो खेलमा नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्छन्। उनले पहिलो दिनको पहिलो हाफमा आफ्ना खेलाडी चल्न नसकेपछि ४६औँ मिनेटमै तीन खेलाडी परिवर्तन गरेका थिए। नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यु गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेले।

नेपाल र भारत अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेलिरहेका हुन्। नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *