फ्रान्सको लगातार पाँचौ बराबरी

डिसी नेपाल
२० भदौ २०७८ ७:५६
424
Shares

एजेन्सी। विश्व विजेता फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

बराबरीसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सबै खाले प्रतियोगितामा लगातार ५औँ बराबर नतिजा निकालेको छ। घरेलु टोली युक्रेनका मिकोला सापरेन्कोले ४४औँ मिनेटमा अग्रता दिलाएका थिए। मार्सियलले ५०औँ मिनेटमा गोल गर्दै फ्रान्सको हार संकट टारे।

फ्रान्स आफ्ना अट्याकर केलियन एम्बाप्पेबिना मैदान प्रवेश गरेको थियो । एम्बाप्पे चोटका कारण टोली बाहिर छन्।

बराबरीका बावजुद फ्रान्स समूह ‘डि’को शीर्ष स्थानमा छ। पाँच खेलबाट नाै अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेकाे हाे। समान ५-५ अंक रहे पनि फिनल्याण्ड र युक्रेन दोस्राे र तेस्रो स्थानमा छन् । समान दुई अंकका साथ बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान चौथो तथा पाँचौ स्थानमा छन्। समूह ‘डि’ को अन्य खेलमा फिनल्यान्डले काजकिस्तानमाथि १-० को जित हासिल गरेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *