प्रदेश २ मा एमालेका थप दुई सांसद एकीकृत समाजवादीमा

डिसी नेपाल
२० भदौ २०७८ १४:४१
516
Shares

जनकपुरधाम। एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्। आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन्। ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग आठ सांसद मात्र छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.