भारतविरुद्ध खेलमा अन्जन, नवयुग र सुमन फेरफेर, यस्तो छ सुरुवाती-११
काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले आफ्नो प्लेईङ सेटमा तीन परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका हुन् ।
पहिलो मैत्रीपूर्ण खेलबाट नवयुगको स्थानमा आशिष लामा, अन्जन बिष्टको स्थानमा मनिष डांगी र सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठले स्थान बनाएका छन् ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।
नेपाली टिम
गोलरक्षकः किरण चेम्जोङ
डिफेण्डरः गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी,
मिडफिल्डरः सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान
स्ट्राइकरः नवयुग श्रेष्ठ
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment