नेपाल–भारत मैत्रीपूर्ण फुटबलः दोस्रो खेल दशरथ रंगशालामा जारी
काठमाडौं । नेपाल–भारत पहिलो मैत्रीपुर्ण दोस्रो खेल दोस्रो खेल दशरथ रगंशालामा शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु भएको हो । नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् ।
नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हालेका छन् । नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, , दिनेश राजबंशी र पुजन राजबंशीले साथ दिएका छन् । मिडफिल्डमा सुजल श्रेष्ठसँगै तेज तामाङ, सुमन लामा, मनिष डांगी र आयुष घलान रहेका छन् । नवयुग श्रेष्ठले अग्रपङ्ति सम्हालेका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६सम्म आयोजना हुनेछ । नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको थियो।







डिसी नेपाल







Facebook Comment