अर्मेनियाको पोष्टमा जर्मनले गर्‍याे आधा दर्जन गोल

डिसी नेपाल
२१ भदौ २०७८ ८:३५
72
Shares

काठमाडौं। फिफा विश्वकप छनोट तथा युरोपेली छनोट खेलमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ। आइतबार राति घरेलु मैदान मार्काेडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६-० गोल अन्तरले पराजित गरेको हो।

गोलरक्षक म्यानुयल नेउरको कप्तानीमा उत्रिएको जर्मनको जितमा सर्जी जिनाब्रीले दुई तथा मार्काे रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १-१ गोल गरे। पहिलो हाफमा ४ गोल गरेको हान्स डियटर फ्लिकको टोलीले दोसो हाफमा थप २ गोल गरेको हो। जर्मन प्रशिक्षकको रूपमा फ्लिकको यो दोस्रो खेल हो।

जितसँगै जर्मन समूह ‘जे’मा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ। पराजित अर्मेनिया पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ।

पाँच खेलबाट नाै अंकसहित रोमानिया तेस्रो, पाँच खेलबाट आठ अंकसहित नर्थ म्यासेडोनिया चौथो, पाँच खेलबाट चार अंकसहित आईसल्याण्ड पाँचाै र पाँच खेलबाट कुनै अंक बनाउन नसकेको लेक्टेनस्टाईन तालिकाका पुछारमा छ।

राति नै भएको समूह ‘जे’को अर्काे खेलमा रोमानियाले लेक्टेनस्टाइनलाई २-० गोल अन्तरले पराजित गर्‍याे । रोनानियाको जितमा एलिन टोस्का र क्रिष्टियन मानेयाले १-१ गोल गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *