नेपाल भर्सेज पिएनजी, दोस्रो ओभरमै नेपाललाई सफलता

डिसी नेपाल
२२ भदौ २०७८ ११:२५
256
Shares

काठमाडौं। पपुआ न्यू गिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले दोस्रो ओभरमै सफलता पाएको छ । आजै एकदिवसीय डेब्यू गरेका बिक्रम सोबले आफ्नो एकदिवसीय करिअरकै पहिलो बलमा पिएनजीका टोनी उरालाई १ रनको स्कोरमा बोल्ड आउट गरेका हुन् ।

आजको खेलमा पिएनजीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । आज एकदिवसीय क्रिकेटको पहिलो बलमै विकेट लिएसँगै बिक्रम सोबले एकदिवसीय क्रिकेट इतिहासमा नाम लेखाएका छन् । एकदिवसीय करिअरको पहिलो बलमै विकेट लिने उनी २८ औं क्रिकेटर बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *