पीएनजी भर्सेज नेपालः पपुआ न्यूगिनी १३४ रनमा अलआउट

डिसी नेपाल
२२ भदौ २०७८ १३:३६
184
Shares

काठमाडौं। पपुआ न्यूगिनी र नेपालबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजी १३४ रनमै अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा मात्रै ३३ ओभर खेल्दै १३४ रनमा अलआउट भएको हो ।

पीएनजीलाई सस्तैमा समेट्नका लागि नेपाली बलरहरुले निकै कसिलो बलिङ गरेका थिए । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । बिक्रम सोब र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । चार्ल्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *