मिस वर्ल्डमा श्रृङखला खतिवडा जस्तै मिस सुपरानेशनल प्रतियोगितामा भाग लिँदै महिमा सिंह
चीनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल श्रृङखला खतिवडाले जित्ने प्रबल सम्भावना भएको कारण यस मिडियाले उनको बोरमा निरन्तर नयाँ नयाँ रिपोर्टहरू बनाइरहेको छ तर एक अर्को अन्तराष्ट्रिय प्रतियोगितामा पनि अर्को नेपाली सुन्दरी महिमा सिंह भाग लिइरहेकी छिन् ।
महिमाको प्रतियोगिता मिस वर्ल्ड प्रतियोगिताभन्दा अघिल्लो दिनमा नै सम्पन्न हुने हुँदा यस भिडियोमा प्रस्तुती छ महिमाको बारेमा एक छोटो जानकारी ।
पोल्याण्डमा आयोजना भइरहेको अन्तराष्ट्रिय प्रतियोगिता मिस नेपाली प्रतिनिधि पठाएको छ । यो वर्ष मिस नेपाल प्रतियोगिता आयोजना भएको महिनौँ पछि बल्ल त्यहाँ नेपाली प्रतियोगी पठाउने सहमति भएको थियो । त्यसैले एक महिनाअघि मात्रै एउटा छुटै कार्यक्रम गरेर महिमा सिंहलाई मिस नेपाल सुपरानेशनलको उपाधि प्रदान गरिएको थियो ।
महिमा मिस नेपाल प्रतियोगिताकै एक प्रतियोगी थिइन् । मिस सुपरानेशनल प्रतियोगिता आफैमा एक नयाँ प्रतियोगिता हो जसले आफ्नो दशौँ संस्करण यही डिसेम्बर ७ तारिखमा आयोजना गरिरहेको छ । यो मिस वर्ल्ड प्रतियोगिता आयोजना हुनुभन्दा एक दिन अघि हुन लागेको हो ।
थप जानकारीको लागि आनन्द नेपालले तयार पारेको यस भिडियो रिपोर्ट हेर्नुस् …
No ads found for this position

डिसी नेपाल
Facebook Comment