चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

डिसी नेपाल
२३ भदौ २०७८ ६:५७
56
Shares

चितवन । एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ। मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो। ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् । ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई यसअघि नै चितवनले रु ५० हजारमा अनुबन्ध गरिसकेको छ । बाँकी चार खेलाडीबाट अन्तिममा एक खेलाडीलाई चितवनले अन्तिम टिममा समावेश गर्नेछ।

छनोट भएका खेलाडीलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले टाइगर्सको क्याप प्रदान गर्दै स्वागत गर्नुभएको थियो। सो क्रममा भट्टराईले युवा खेलाडीलाई टिमले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीलाई सिक्ने अवसर मिलेको बताए। उनले इपीएल सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीलाई विदेशी खेलाडीबाट सिक्ने मौका मिल्ने बताए।

ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० गते देखि सहभागी भएका थिए । उनीहरुमध्ये एक जनालाई आगामी असोज २ गते अन्तिम टोलीमा घोषणा गरिने छ । कार्यक्रममा चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्ट, चितवन टाइगर्सका प्रमुख भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए। चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट आगामी असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *