ग्रिजम्यानको दुई गोलमा फ्रान्सले फिनल्याण्डलाई हरायाे

डिसी नेपाल
२३ भदौ २०७८ ७:२४
76
Shares

काठमाडौं। कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा साविक विजेता फ्रान्सले स्ट्राइकर एन्टोइन ग्रिजम्यानको दुई गोल सहयोगमा सहज जित निकालेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजम्यानले गरे। उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए।

यस्तै राति नै भएको समूह ‘डी’को खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २-२ गोलको बराबरी खेले।

समूह ‘डि’मा ६ खेलबाट १२ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा छ। समान पाँच खेलबाट पाँच अंक बनाएका युक्रेन र फिनल्यान्डको समान पाँच अंक रहँदा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमश: चौथो र पाँचौ स्थानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *