शिखर धवनले सम्बन्धविच्छेद गरे

डिसी नेपाल
२३ भदौ २०७८ १३:५८
2.9k
Shares

काठमाडौं। क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धविच्छेद गरेका छन् । इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै आयशाले यसको खुलासा गरेकी छिन् । धवनले भने अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । यी दुईले अक्टोबर २०१२ मा विवाह गरेका थिए । आयशा मुखर्जी पनि किक बक्सिङ खेलाडी हुन् ।

 

View this post on Instagram

 

A post shared by Aesha Mukerji (@apwithaesha)

बिहेको करिब २ वर्षपछि आयशा र धवनका छोरा जन्मिएका थिए । छोराको नाम जोरावर हो । आयशा धवनभन्दा करिब १० वर्ष जेठी छिन् । उनका पहिल्यै २ छोरी थिए । आयशाकी जेठी छोरी आलिया अहिले २० वर्षकी छिन् र कान्छी छोरी रिया १५ वर्षकी छिन् । सम्बन्धविच्छेद भन्दा अगाडि नै यी दुईले सामाजिक संजालमा एक अर्कालाई अनफलो गरिसकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *