इजरायल रोजगारी : तोकियो अंग्रेजी भाषाको परिक्षा केन्द्र(सूचीसहित)

डिसी नेपाल
२३ भदौ २०७८ १४:५८

काठमाडौं । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा इजरायल पठाउने नेपाली सहायक कामदार छनौट गर्न अंग्रेजी भाषा परीक्षा संचालनको लागि परीक्षा केन्द्रहरु तोकिएको छ । वैदेशिक रोजगार विभागले एक सूचानामार्फत काठमाडौं उपत्यकाका विभिन्न स्कुल र कलेजहरुमा परीक्षा केन्द्र तोकिएको सूची प्रकाशित गरेको छ ।

वैदेशिक रोजगारीका लागि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा जान आवेदन दिएका ९ हजार ६ सय ९९ जनाको आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । आवेदन छनौटको काम अन्तिम चरणमा पुगेसँगै विभागले स्वीकृत आवेदकहरुको लागि परिक्षा केन्द्रहरु तोकेको हो ।

भाषा पास गरेपछि रोजगारीका लागि इजरायल जाने सतप्रतिशत ग्यारेन्टीसमेत नहुने विभागले जनाएको छ । भाषा पास गरेकामध्ये चार सय जनाले भने इजरायल जान नपाउने विभागले यसअघि नै बताइसकेको छ ।

२८ भदौमा सञ्चालन हुने अंग्रेजी भाषाको लिखित परीक्षाबाट करिब एक हजार ६ सय जना उत्तीर्ण हुने बताइएको छ । उनीहरू मौखिक परीक्षामा सहभागी हुने र त्यसबाट एक हजार चार सय जनाको अन्तिम नामावाली सार्वजनिक गरिने जनाइएको छ । त्यसमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जनाले रोजगारीका लागि इजरायल जान पाउने छन् ।

एक हजार जनाको कोटा निर्धारण गरेर माग भएको आवेदनमा नौ हजार छ सय ९९ जनाको आवेदन परेको छ । त्यसमध्ये चार हजार दुई सय महिला र पाँच हजार चार सय ९९ जना पुरुष रहेको विभागले जनाएको छ ।

रोजगारीका लागि इजरायल जानका लागि १ लाख ६५ हजार लागत लाग्ने विभागले पहिल्यै खुलाइसकेको छ । उक्त रोजगारीबाट श्रमिकले मासिक करिब एक हजार ६ सय अमेरिकी डलर आम्दानी गर्न सक्ने छन् ।

चार वर्षसम्म करार अवधि थप गर्न सक्ने विकल्पसहित सुरुमा एक वर्षको करार सम्झौता गरिने विभागले जनाएको छ । र, पाँचौं वर्षमा भने अनिवार्य स्वदेश फर्कनै पर्ने, अन्यथा गैरकानुनी ठहर हुने सम्झौतामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *