नेपालविरुद्ध बंगलादेश : खेल समय परिवर्तन, दर्शकले रंगशालामै हेर्न पाउने

डिसी नेपाल
२३ भदौ २०७८ १५:०२
244
Shares

काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ।

नयाँ समयानुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि (बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो।

दशरथ रंगशालामा हुने दुबै खेल साँझ ५ बजेका लागि सारिएको छ। यसअघि एन्फाले दुबै खेल साँझ ५ः ३० मा हुने जनाएको थियो। नेपाल र बंगलादेशबीचको दुबै खेल फिफा विन्डोजमा पारेर आयोजना हुँदैछ । जुन खेलले फिफा वरियतामासमेत प्रभाव पार्नेछ।

यस्तै एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ। खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *