पक्की पुलको हरिविजोक

डिसी नेपाल
२३ भदौ २०७८ २१:२०

काठमाडौं। अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ ।

पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत(जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन्। बुटवलवाट नारायणगढ, काठमाडौं र पुर्वतर्फ जाने सवारीसाधन भैरहवा नवलपरासी भुमहि हुँदै सचालान भएका छन् ।

बैकल्पिक सडक निर्माण र बेलिब्रिज निर्माणको काम भईरहेको र केही दिनमा पूरा हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए । जोखिम भएका कारण प्रहरीले भासिँएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *