युरो च्याम्पियनमा इटालीको अर्को कीर्तिमान
काठमाडौं। युरोपियन च्याम्पियनमा इटाली ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्र बनेकाे छ। बुधबार रातिको खेलमा लिथुआनियालाई ५-० गोल अन्तरले पराजित गर्दै इटालीले ३७ खेलको अपराजित यात्रा मात्र कायम राखेन, कीर्तिमान नै बनाएकाे छ।
रोबर्टो मान्चिनिले एभर्टनबाट खेल्दै आएका मोइसे केअनलाई डेब्यू गराउदा २ गोल गरे। युभेन्ट्सबाट केअन लोनमा आएका हुन्। केअनले २ गोल गर्दा जिओभानी डे लोरेन्जो, गिआकोमो रास्पाडोरिले १/१ गोल गरे भने लिथुआनियाका एडगारस उत्कुसेले आत्माघाती गोल गरे।
यसअघि इटालीले ब्राजिलको नाममा रहेको ३६ खेलको अपराजित यात्रा बराबर गरेको थियो। समूह ‘सि’को अर्को खेलमा स्विजरल्याण्ड र आयरल्यान्डले गोलरक्षक बराबर खेल्दै अंक बाँडे।
जितसँगै इटालीले समूह ‘सि’बाट ६ अंकको अग्रता बनाएको छ। उसको ६ खेलबाट १४ अंक रहेको छ। ४ खेलबाट ८ अंक जोडेको स्विजरल्याण्ड दोस्रो स्थानमा छ।







डिसी नेपाल







Facebook Comment