पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड

डिसी नेपाल
२४ भदौ २०७८ ७:२१
64
Shares

काठमाडाैं। कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ। बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए। काइल वाकरको पासमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई ७२औँ मिनेटमा अग्रता दिलाएका थिए। तर, इन्जुरी समयमा डामियन स्जिमान्स्कीले रोबर्ट लेवान्डोस्कीको पासलाई हेडमार्फत गोल गर्दै टोलीको हार टारेका हुन्।

समूह ‘आई’मा १६ अंकका साथ इंग्ल्याण्ड शीर्ष स्थानमा कायम छ। उसको ६ खेलबाट १६ अंक छ।

अल्बानिया १२ अंकका साथ दोस्रो स्थानमा रहँदा पोल्यान्ड ११ अंकका साथ तेस्रो, १० अंक जोडेको हंगेरी चौथो तथा तीन अंकका साथ एन्डोरा पाँचौ स्थानमा छन् । खाता खोल्न नसकेको सान मारिनो पुछारमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *