कोहलीको कप्तानीमा भारतीय टिमको घोषणा

डिसी नेपाल
२४ भदौ २०७८ १३:०२
104
Shares

काठमाडौं। टी–२० विश्वकपका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ।भारतले विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ।

बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने टिमको घोषणा गरिसकेको छ ।भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ।
सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ।त्यस्तै भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा टिमको मेन्टर नियुक्त भएका छन्।भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले पूर्व कप्तान धोनीलाई टिमको मेन्टरमा नियुक्त गरिएको जनाएको छ।
यस्तो छ,भारतीय टिम
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, रिशव पन्त (विकेटकिपर), इशान किसन (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आस्विन, अक्षर पटेल, बरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहमद सामी
वैकल्पिक ः श्रेयस इयर, शार्दूल ठाकुर, दीपक चाहर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *