नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै, गुल्सनले डेब्यु गर्लान् ?

डिसी नेपाल
२५ भदौ २०७८ ६:४३
188
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ।

शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो। यसअघि नेपाली टोलीले टि-ट्वान्टी खेल दिवा-रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो। खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ।

टि-ट्वान्टी खेल दिवा-रात्रि खेलमा दुई विकेटको जित निकालेकाे नेपाल दाेस्राे खेलमा पनि जितकाे लक्ष्यका साथ उत्रनेछ। पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए।

पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो।

याे खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन्।

नेपालले पहिलाे पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेकाे हाे। अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेकाे थियाे । तर एकदिवसिय क्रिकेटमा भने पहिलाे पटक खेल्न लागेकाे हाे।

नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ। यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *