कोरोनाका कारण भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द

डिसी नेपाल
२५ भदौ २०७८ १४:१२
160
Shares

काठमाडौं।पाँचौं तथा अन्तिम आईसिसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको खेल कोरोना भाइरसका कारण रद्द भएको छ ।

शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसिसीले जनाएको छ । आईसिसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ ।

हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसिसीले बताएको हो ।

यस घिका चार टेस्टमा भारतले २(१ को अग्रता बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो । तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो ।

यसअघि भारतले अस्ट्रेलियालाई समेत टेस्टमा पराजित गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *