सन्दीपको ६ विकेटसँगै नेपालको शानदार जित

डिसी नेपाल
२५ भदौ २०७८ २२:१२
1.8k
Shares

काठमाडौं । नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज १ सय ५१ रनले जितेको छ । शुक्रबार ओमनको मस्कटमा भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज २-० ले आफ्नो बनाएको हो ।

यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्का बलर विक्रम सोबले कप्तान असाद भालालाई चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट एक रनमा क्याच आउट गरे

दशौं ओभरको चौथो बलमा टोनी उरालाई रोहितले १९ रनमा रन आउट गरेपछि सन्दीप पिएनजीको ब्याटिङ ध्वस्त बनाएका थिए । सन्दीपले चार्ल्स अमिनी, विकेटकिपर किप्लिङ, सेसे बाउ, गौडी टोका, चन्द सोपरलाई आउट गर्न सफल भए । सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, विक्रम सोब र सुशान भारीले एक एक विकेट लिए ।

यसअघी युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ गरेका थिए । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको हो ।

नेपालका युवा ब्याट्सम्यान रोहितले सर्वाधिक ८६ रन बनाए । १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा अविजित रन बनाएका हुन् । कप्तान ज्ञानेन्द्र मल्ले ४५ रन बनाए । ७० बल खेलेका मल्ले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

यस्तै, करण केसीले ४२ रन बनाए बनाए । जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए । विकेट किपर विनोद भण्डारीले १७ रन बनाए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३९३ रन बनाएर आउट भएका थिए ।

नेपालले एक्स्ट्रा २४ रन पाएको थियो । पपुवा न्युगिनीका काबुआ मोरेयाले सर्वाधिक २ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राखेका थिए । यस्तै, नोमान मानुआ, चाद सोपर र कार्लेस् अमिनीले १्१ विकेट लिए ।

यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए । रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *