गजल

डिसी नेपाल
२६ भदौ २०७८ ७:१०
1.4k
Shares

कति कोमल बन्नुहुन्छ आफूलाई डरमा राखेर
देखाइ दिनुस् दुनियाँलाई त्यो मन पत्थरमा राखेर

म तिमीलाई चाहन्छु बस तिमी मिल्नुपर्छ
बिताउन सक्छु पूरा जीवन खञ्जरमा राखेर

पैसा कमाउन शरीर बेच्ने सीप सिकिछ उसले
बहुत राम्रो गरेछु, छोरीलाई शहरमा राखेर

भयो, अब पुग्यो, मलाई यस्तै छोडिदेऊ जाऊ
कतिञ्जेल प्रेम बचाउँ तिमीलाई अधरमा राखेर

पर्खिएर बसेको छ ऊ नतिजा कस्तो आउला
कोही नदिसँगै गएको छ उसलाई बगरमा राखेर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *