गजल

डिसी नेपाल
२६ भदौ २०७८ ७:२४
92
Shares

दिलमा आउने बाटो खोजेका हुँदा रहेछन्
यादहरु हतियार बोकेर हिडेका हुँदा रहेछन्

एउटा् झ्यालमा बालिएको मैनबत्ती जस्तै,
खुसीहरु पनि यसरी निभेका हुँदा रहेछ्न

रङ्गीन मुस्कानले यो संसार जित्नेहरू पनि
भित्र भित्रै त आँसुले भिजेका हुँदा रहेछन

उसो त बुझ्दै नबुझ्ने कुरा पनि रहेछ गजल,
बुझे गजलले क्रान्ति बोलेका हुँदा रहेछन्

प्रेम त हाँस्न चाहन्छ, खुलेर बाँच्न चाहन्छ,
कसै–कसैले पिँजडामा थुनेका हुँदा रहेछन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *