नेपाल र बंगलादेशबीचको महिला फुटबल खेल आज

डिसी नेपाल
२७ भदौ २०७८ ११:४८
76
Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन्।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले बिजयी भएको थियो।

नेपाल र बंगलादेशस दुवै टिम एसियन कप छनोट खेल्न न्युट्रल भेन्यु उज्वेकिस्तान जाँदैछन् । त्यसअघि यही मैत्रीपूर्ण खेलमा मार्फत दुबै टिम आफूलाई सुधार्न चाहन्छ।

छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले सेप्टेम्बर १८ (असोज २) मा फिलिपिन्स र सेप्टेम्बर २१ (असोज ५) मा हङकङसँग खेल्नेछ । यस समूहको विजेता बने नेपाल अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।एसियन कप भने,जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *