चोटका कारण दीपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने भएका छन् ।दाहिने खुट्टामा लागेको चोटको कारण दिपेन्द्रले सिरिज गुमाउने भएका हुन् । अभ्यासको दौरान उनले चोट बोकेका थिए ।तर उनको चोट निको हुन अझै केहि समय लाग्ने भएकाले उनले सिरिज गुमाउने भएका हुन।
गत आइतबार थ्रोइङ गर्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । जसका कारण उनले पपुआन्युगिनी विरुद्धको खेल गुमाएका थिए। उनको चोटका कारण केही समय आरामको आवश्यकता देखिएको क्यान स्रोतले जनाएको छ।सिरिज सोमबारबाट सुरु हुँदैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ।नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment