दनिल मेदभेदेवले नोभाक जोकोभिचको सपना चकनाचुर पारिदिए अनि माफी मागे
काठमाडौं। रुसी टेनिस खेलाडी दनिल मेदभेदेवले आफ्नो करिअरकै पहिलो ग्राण्ड स्लाम उपाधि जितेका छन् । गएराती उनले विजश्व नम्बर १ टेनिस खेलाडी सर्वियाका नोभाक जोकोभिचलाई पराजित गर्दै युएस ओपनको उपाधि जितेका हुन् । यससँगै उनले जोकोभिचको ग्राण्ड स्लाम क्यालेण्डर इयरको सपना चकनाचुर पारिदिएका छन् ।
विश्वका नम्बर १ बरियताका खेलाडी जोकोभिच आफ्नो २१ औं ग्राण्ड स्लाम उपाधिका लागि यो खेल खेलिरहेका थिए । यो खेल जितेको भए उनी करिअरमा सबैभन्दा धेरै ग्राण्ड स्लाम उपाधि जित्ने एकमात्र खेलाडी बन्ने थिए । तर, मेदभेदेवले उनको सपना चकनाचुर पारिदिए । अहिलेसम्म नोभाकसहित रोजर फेडेरर र राफेल नाडालले बराबर २०–२० ग्राण्ड स्लाम जितेका छन् ।
यदि यो खेल जितेको भए जोकोभिच १९६९ पछि पहिलो पटक क्यालेण्डर इयर ग्राण्ड स्लाम पूरा गर्ने पहिलो खेलाडी बन्ने थिए । तर यो सपना मेदभेदेवले ६–४, ६–४, ६–४ को सोझो सेटमा चकनाचुर पारिदिए । जितेपछि मेदभेदेवले भने ‘प्रशंशकहरु र जोकोभिच म तपाइँहरुसँग माफी चाहन्छु किनकि हामी सबैलाई थाहा छ उनी के गर्नेवाला थिए । तपाइँले आफ्नो करिअरमा के हासिल गर्नुभएको छ… मेरो लागि त तपाइँ इतिहासका महान टेनिस खेलाडी हुनुहुन्छ ।’







डिसी नेपाल







Facebook Comment