अमेरिकाले टस जितेर ब्याटिङ रोज्यो

डिसी नेपाल
२८ भदौ २०७८ १५:५९
112
Shares

काठमाडौं। आइसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज हुने अमेरिका र नेपालबीचको खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको छ । खेल आज सवा ४ बजे सुरु हुनेछ । यसअघि पपुआ न्यू गिनीसँग मैत्रीपूर्ण २ एकदिवसीयको खेल खेलेको नेपालले अब आइसीसीको यो प्रतियोगिता अन्तर्गत ४ खेल खेल्नेछ ।

यो लिगमा नेपालले अहिलेसम्म ४ खेल मात्र खेलेको छ । ४ खेलमा २ जीत र २ हारका साथ ४ अंकसहित नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । तालिकामा तल भए पनि नेपालले धेरै खेल खेल्न भने बाँकी नै छ । १२ खेल खेलिसकेको अमेरिका ६ जीत र ६ हारका साथ १२ अंकसहित दोस्रो स्थानमा छ ।

१० खेल खेलेकोमा ८ खेल जितेको र २ खेल मात्र हारेको ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले भोलि र आइतबार ओमनसँग पनि खेल्नेछ । अहिले नेपालले २ खेल अमेरिकासँग र २ खेल ओमनसँग गरी कूल ४ खेल खेल्दैछ । अमेरिकासँग नेपालको अर्को खेल शुक्रबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *