आईसीसी एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार
फाइल फाेटाे
काठमाडौं। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा एक स्थानमा सुधार गरेको छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिज खेल्न ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियमा जित दर्ता गरेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार गरेको हो।
ओमान जानु अघि १६ औं स्थानमा रहेको नेपाल एक स्थान माथि उक्लदै १५ औं स्थानमा पुगेको छ। यस क्रममा नेपालले ओमानलाई पछि पारेको हो। १५ औं स्थानमा रहेको ओमान एक स्थान तल झर्दै १६ औं स्थानमा पुगेको छ। मंगलबार आइसिसीले सार्वजानिक गरेको बरियतामा नेपालको सुधार भएको हो ।
नेपालले ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप गर्न सफल रहेको थियो,भने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।आज बेलुका ४ः१५ मा नेपालले आफ्नो दोस्रो खेलमा ओमान संग उसकै होमग्राउन्डमा खेल्दैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment