पेलेको स्वास्थ्यमा सुधार

डिसी नेपाल
२ असोज २०७८ २२:१४
112
Shares

रियो दि जेनेरियो । ठूलो आन्द्राभित्रबाट ट्युमर हटाउन शल्यक्रियापछि ब्राजिलका पूर्व पुटबल खेलाडी उड्सन आरान्तेस दो नासिमेन्तो ९पेले० को स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी केलीले शनिबार जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले शताब्दी–खेलाडीको उपाधिद्वारा सम्मानित ८० बर्षीय पेलेलार्ई फेरि सघन उपचार कक्षमा भर्ना गरिएको रिपोर्टहरूपछि आएका अफबाहलाई सम्बोधन गर्न छोरी केलीले अस्पतालको ओछ्यानमा बसिरहेका आफ्नो बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

नासिमेन्तोले लेखे, “मलाई थाहा छैन कि यहाँ के हल्ला चलिरहेको छ तर मेरा सपनाहरू फस्टाइरहेको छन् ।” आजभोलि संसारमा धेरै चिन्ता छाएको छ र हामी अझ बढी चिन्ताको कारण बन्न चाहँदैनौं । यो फोटो अहिले नै खिचिएको हो ।

“उहाँ निको हुँदैहुनुहुन्छ । उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ ।” नियमित परीक्षणको दौडान ट्युमर फेला परेपछि पेलेको सेप्टेम्बर ४ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

उनलाई मंगलबारको सघन उपचार कक्षबाट सामान्य शै्ययामा सारिएको छ । तीन पटकको विश्वकप विजेता पेलेले कम्मरको शल्यक्रियाका साथै मिर्गौला र प्रोस्टेटको अवस्थासम्बन्धी एकपछि अर्को स्वास्थ्य समस्याहरूसँग सङ्घर्ष गर्दै आएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *