संविधान कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको छः डा. महतो

डिसी नेपाल
२ असोज २०७८ २३:३६

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले वर्तमान संविधानलाई संशोधन गर्नुपर्ने भएपनि यसको विकल्प खोज्न नहुने टिप्पणी गरेका छन् ।

उनले भने,‘यो रगतको छिटामा यो संविधान जारी भएको हो । यो कुरा हामीलाई थाहा नै छ । समानुपातिक–समावेशीताको सवालमा केही समेट्न खोजिएको हो। जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पनि राखिएको छ, मधेशवादी दलहरुले संविधानमाथि पूर्ण अपनत्व देखाएका छैनन् । अहिले उहाँहरुबाट कालो दिवस मनाउने क्रम जारी छ ।’

नेपालको संविधान–२०७२ युगानतकारी रहेको उनको भनाई छ । उनले भने,‘संघीयता र गणतन्त्रको मामिलामा युगान्तकारी छ । संविधानसभामा रहेका दलहरुले जनतालाई धेरै विश्वास दिलाएका थिए । राजनीतिक समस्या समाधान भयो, अब जनताका जनजिविकाको कुरा उठाउने भनेर । प्रदेशहरु असफल भएका छन् । संघपनि असफल भएको छ । ईमानदारितापूर्वक प्रदेश र स्थानीय तह बलियो होस भनेर संघले अधिकार प्रत्यायोजना गरेको छैन् ।’

उनले संविधानको कार्यान्वयनको पक्षमा केही उदासिनता देखिएको बताए । उनले भने,‘कार्यान्वयन गर्ने निकाय उदार हुनुभएन । देशको भन्दापनि दलगत स्वार्थ, दलभित्रपनि व्यक्तिगत स्वार्थ र दलमा पनि आफ्नो गुटको स्वार्थमा लाग्नुभएको हो । दलहरु विस्तारै गुट र गिरोहमा रुपान्तरण हुने क्रमको प्रारम्भ भएको छ । अहिले पनि धेरै समय बाँकी छ । अलिहेको सन्दर्भमा, न्यायापालिकाको साख पनि तिव्र गतिमा ह्रास हुँदै आएको छ ।’

उनले संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । तर, संविधानलाई विकल्पको रुपमा हेर्न नहुने उनको तर्क छ । उनले भने,‘अहिले जनतामा नैराश्यता छाएको छ। मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्नुपर्छ । यो संविधान अहिलेपनि पूर्ण छैन् । संशोधन गर्ने ठाउँ छ । सुधार गर्दै जाने हो । दलका नेताहरुले व्यवहार र सोच मात्रै पनि परिवर्तन गर्ने हो भने, जनहितलाई केन्द्रमा राख्ने हो भने संविधान सफल हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *