“असोज तीन, कालो दिन !”
काठमाडौं । संविधान दिवसको अवसरमा आइतबार नागरिक आन्दोलनले माइतीघर मण्डलदेखि संघीय संसद् भवन नयाँ बानेश्वरसम्म मार्च गरेको हो। संविधानका केही धारा विभेदकारी रहेको जनाउँदै नागरिक आन्दोलनले संशोधन गर्नुपर्ने माग गरेको छ।
सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले बोलेका थिए। उनीहरूले अहिलेको संविधान कसरी विभेदकारी छ भन्नेबारे बताएका थिए। सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान मुर्दावादलगायतका नारा लगाएका थिए।
प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment