नेपालसँग ओमन ७ विकेटले हार्‍यो

डिसी नेपाल
३ असोज २०७८ २१:१६

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले कसिलो बलिङ गर्दा ओमनले ३७१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको लक्ष्य दिएको थियो।१८ ओभर २ बलमा ३ विकेट गुमाएर नेपालले उक्त लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ओपनर आसिफ शेखले ४० रन जोडे । शरद भेषवाकर १ रनमा रहे भने ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६र६ रनमा आउट भए ।

ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र करिमुल्लाहले ११ रन बनाए।

नेपालका करण केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिए भने सन्दीप लामिछानेले ८।१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै शरद भेषवाकरले २ विकेट लिए।

सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासंग ४ विकेटले पराजित भएको थियो।

पहिलो सिरिजमा ओमनसँग हार ब्यहोरेको नेपाल आज बदला लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *