विश्वकपको मुखमा तालिबानले अफगान क्रिकेट बोर्डको सीइओलाई हटायो

डिसी नेपाल
५ असोज २०७८ ११:२८
308
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबान सरकारले अफगान क्रिकेट बोर्डका मुख्य कार्यकारी निर्देशक (सीइओ)लाई हटाएको छ । अहिलेसम्म हमिद शिनवारी अफगान क्रिकेट बोर्डका सीइओ थिए । तालिबानले उनलाई हटाएर नजीबुल्लाह हक्कानी (नसीब खान) लाई नयाँ प्रमुख कार्यकारी निर्देशक बनाएको छ ।

जानकारअिनुसार हमिद शिनवारीलाई तालिबानका नयाँ गृहमन्त्री सिराजुद्दीन हक्कानीका भाइ अनस हक्कानीले हटाएका हुन् । हमिद शिनवारीले फेसबुकमा आफूलाई हटाइनुको कारण नबताइएको र केवल आफ्नो ठाउँमा नसीबुल्लाह हक्कानीलाई अफगान क्रिकेट बोर्डको नयाँ सीइओ बनाइएको बताइएको लेखेका छन् ।

खेलमा नियन्त्रण गर्ने तालिबानको निर्णयको अन्तर्राष्ट्रिय स्तरमा विरोध पनि भइरहेको छ । अस्ट्रेलियाको क्रिकेट बोर्डले गत वर्ष अफगान टिमसँग एउटा खेल रद्द गरिदिएको थियो । तालिबानले खेलमा महिलाहरुलाई प्रतिबन्ध लगाउने कुरा गरेको थियो । त्यसविरुद्ध अस्ट्रेलियाको क्रिकेट बोर्डले खेल रद्द गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *