भीरबाट लडेर एक पुरुषको मृत्यु

डिसी नेपाल
६ असोज २०७८ २३:११

काठमाडौं । मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ धादिङमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए ।

बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको डिएसपी खड्काले बताए । मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको डिएसपी खड्काले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *