नेबिकोले सुरु गर्यो पुनः उत्पादन
काठमाडौं । आगलागिपछि नेबिको प्रालि आफ्नो उत्पादन पुनः सुरु गरेको छ ।
उद्योगमा साउन २३ गते भीषण आगलागी भएको थियो । छोटो अवधिमै सो कम्पनीले उद्योगको भवन संरचना पुनःनिर्माण र मेसिनरी मर्मत गरेर पुनः उत्पादन थालेको हो । काठमाडौंको बालाजुस्थित औधोगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते आगालागी हुँदा प्लान्ट र मेशिनरी सामग्रीहरु जलेर ध्वस्त भएका थिए ।
आगलागीबाट धेरै क्षति भएपनि छोटो समयमा नै उद्योग पुनः सञ्चालमा ल्याउन सफल भएको कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले बताए ।आगलागिबाट भएको भौतिक क्षतिपछिको ४४ दिनपछि कम्पनी पुनः आफ्नो उत्पादन सुरु गरेको हो । कम्पनीको उत्पादन, पहिलाको उत्पादन क्षमताको ६० देखि ७० प्रतिशत हाराहारीमा रहेको जनाएको छ ।
केही महिनापछि कम्पनी फेरि पुरानै अवस्थामा आउने जनाइएको छ ।साउन महिनामा आगलागी हुँदा उद्योग भवनमा करिब ७० प्रतिशतसम्म क्षति भएको थियो । जसकारण उद्योग भवनभित्र उत्पादन मेसिनरीदेखि बिस्कुट प्याकेजिङ गर्नेसम्मका मेसिनरी सखाप भएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment