पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रम सम्पन्न

डिसी नेपाल
८ असोज २०७८ २१:०९
12
Shares

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजन एवं गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रमका साथ पोखरा भ्रमणमा रहेको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली आज फर्किएको छ ।

तीन दिने भ्रमणका क्रममा पोखराका पर्यटकीय स्थलको अवलोकन, छलफल एवं अन्तरक्रियाका साथै नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री राउतको रोहबरमा संयुक्त समझदारीसमेत घोषणा गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

भ्रमणका क्रममा मुख्यमन्त्री राउत नेतृत्वको टोलीले गण्डकीका मुख्यमन्त्री पोखरेलसँग औपचारिक भेटवार्तासँगै पोखराको फेवाताल, डेभिज फल्स, पुम्दीकोट, विन्ध्यवासिनी, भद्रकाली, पोखरा रङ्गशाला, सराङ्कोट, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलगायतका स्थानको अवलोकन गर्नुभएको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिए ।

मुख्यमन्त्री राउतलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेश्वर पौडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले विदाइ गरे ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *