राष्ट्रपतिका छोरालाई कोरोना पुष्टि

डिसी नेपाल
९ असोज २०७८ २१:५५

काठमाडौं । ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको शुक्रबार सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् । उनले आफैँले आफैँलाई हेरविचार गरिरहेको पनि बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोली मध्ये उनी तेस्रो सङ्क्रमित हुन् ।

अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल भएको जनाइएको छ । मास्क र खोपको विरोधीसमेत रहनु भएका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गरेका थिएनन भने खोप पनि लगाएका थिएनन् । महासभाको बेलाका उनका फोटोमा पनि उनले मास्क नलगाउनु भएको देखिएको समाचारमा जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *