यातायात विभागले तोकेको भन्दा बढाएर कर्णालीमा नयाँ भाडादर कायम

डिसी नेपाल
१३ असोज २०७८ १४:०८
4
Shares

सुर्खेत । कर्णाली करिडोर र कर्णाली लोकमार्गमा नयाँ भाडादर कायम गरिएको छ। यातायात व्यवस्था कार्यालय जुम्ला र जिल्ला प्रशासन कार्यालय कालिकोटको समन्वयमा कर्णाली करिडोर र कर्णाली लोकमार्गमा नयाँ भाडादर कामयम गरिएको हो।

नयाँ भाडादरअनुसार यात्रुले कालिकोटदेखि सुर्खेतका लागि ९ सिटे गाडीमा एक हजार दुई सय रुपैयाँ तिर्नुपर्नेछ। यस्तै १५ सिटे गाडीमा एक हजार ३० रुपैयाँ र ३६ सिटभन्दा माथिका गाडीको भाडा ८४० रुपैयाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

यातायात व्यवस्था विभागले कायम गरको भाडादरलाई आधार मानी नयाँ भाडादर निर्धारण गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। ‘यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादरमा कच्ची सडक भएकाले केही प्रतिशत थपेर नयाँ भाडादर निर्धारण गरिएको हो,’ उनले भने, ‘यात्रुहरुबाट सवारीले मनोमानी भाडा लिन नपाउन भनेर नयाँ भाडादर कायम गरिएको हो।’

यस्तै, कर्णाली करिडोर जोखिमपूर्ण भएकाले प्रतिकिलोमिटर १४ रुपैयाँका दरले भाडा लिन यातायात समितिलाई निर्देशन दिइएको छ। जितेगडाबाट रास्कोट नगरपालिकाको सेराचौरसम्म ३४ किलोमिटरको भाडा एक जनाको ४७६ रुपैयाँ कायम भएको छ। यसअघि यातायात समितिले एक जनाको एक हजार रुपैयाँ भाडा लिँदै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *