‘बाबा म तपाईलाई प्रेम गर्छु’ भन्दै नायिकाले गरिन् आत्महत्या
एजेन्सी। कन्नड टिभी एक्ट्रेस सौजन्या बैंगलोर स्थित आफ्नै घरमा मृत भेटिएकी छिन्। उनले आत्महत्या परेको भारतिय मिडियाले उल्लेख गरेको छ। उनको मृत्युसँगै चार पान्नाको सुसाइट नोट पनि भेटिएको छ।
उक्त नोटमा लेखिएको छ ‘मेरो मानसिक स्थिती ठिक छैन, म अब यो भन्दा धेरै टेन्सन लिन सक्दिन।’ प्रहरीले उक्त नोटको जाँच सुरु गरेको छ।
सुसाइट नोटमा उनले लेखेकी छिन् ‘यस्तो कदम उठाएकोमा मलाई आफैंप्रति खेद छ। बाबा म तपाईलाई बहुत प्यार गर्छु। जबकी मैले तपाईसँग कुरा पनि गरेकी थिएँ। अब यो भन्दा बढी म झेल्न सक्दिन।’
आमासँग पनि क्षमा माग्दै हजुरआमाको ख्याल गर्न सुझाएकी छिन्। सौजन्या डेढ वर्षदेखी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताए।
सारीको पासो लगाएर उनी आफ्नै कोठामा झुण्डिएकी थिइन् भने प्रहरीले ढोका फुटाएर उनको शव बाहिर निकालेको थियो । सौजन्या कन्नड टेलिभिजन उद्योगकी चर्चित कलाकार थिइन् । उनले टेलिश्रृङखलाको साथै दक्षिण भारतीय केही फिल्ममा पनि अभिनय गरेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment