२ नयाँ आइपिएल टिमको घोषणा हुँदै, अर्को सिजन १० टिम खेल्ने

डिसी नेपाल
१६ असोज २०७८ ११:१७
1.5k
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिगको १५ औं सिजनमा १० टिम खेल्नेछन् । यसको लागि थप २ टिमको घोषणा हुँदैछ । १० टिम भएसँगै आइपिएलमा खेलको संख्या बढ्नेछ । अहिले आइपिएलमा ८ टिम हुँदा समूह चरणका ५६ खेल, ३ वटा प्लेअफ र फाइनल गरी कूल ६० खेल हुन्छन् । १० टिम भएपछि समूह चरणमै योभन्दा धेरै खेल हुनेछन् ।

आइपिएलका थप २ टिम घोषणा यही अक्टोबर महिनाको २५ तारिखमा हुनेछ । आइपिएलका २ नयाँ टिम कुन कुन सहरमा आधारित हुन्छन् भन्ने निश्चित भइसकेको छैन तर रिपोर्टका अनुसार यो रेसमा गुजरातको अहमदाबाद र उत्तर प्रदेशको लखनउ अगाडि छन् । आइपिएलको एक सिजनमा १० टिम हुन लागेको यो पहिलो पटक भने होइन । यसअघि २०११ मा पनि १० टिम खेलेका थिए । त्यो सिजन पुणे वारियर्स र कोच्चि टस्कर्स केरला थपिएका थिए । २०१२ मा कोच्चि टस्कर्स हटाइएपछि २०१२ र २०१३ सिजनमा ९ टिम खेलेका थिए । २०१४ मा पुणे वारियर्स हटेपछि आइपिएलमा ८ टिम छन् ।

१० टिमले भाग लिने भएपछि आगामी आइपिएलमा २०११ को फरम्याट फर्किन सक्छ । त्यो सिजन कूल ७४ खेल खेलिएका थिए । २०२२ मा पनि यति नै खेल खेलिने सम्भावना छ । आइपिएलको २०२२ को लागि खेलाडीहरुको लिलामी आगामी जनवरीमा हुन सक्छ । यो लिलामी मेगा अक्सन हुनेछ । यसको विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन तर नयाँ टिम थपिएकोले खेलाडी रिटेन गर्ने नियम केही परिवर्तन हुन सक्छ । बीसीसीआइले हरेक टिमलाई लिलामीभन्दा पहिले बढीमा ४ खेलाडी रिटेन गर्ने सुविधा दिने र राइट टु म्याच कार्डको विकल्प समाप्त गरिने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *