म्यानचेष्टर युनाईटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकियो

डिसी नेपाल
१६ असोज २०७८ २०:०६
204
Shares

काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेष्टर युनाईटेड इंग्लिस प्रिमियर लिग (इपीएल) फुटबलमा बराबरीमा रोकिएको छ ।

शनिबार अपराह्न भएको खेलमा युनाईटेड एभर्टनसँग १–१ गोलअन्तरको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा ४३औं मिनेटमा एन्थोनी मार्सियलले युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ६५औं मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

बाँकी समय दुबै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलमा क्रिष्टियानो रोनाल्डोले खासै प्रभाव बनाउन नसकेपछि उनलाई दोस्रो हाफमा परिवर्तन गरिएको थियो । खेलको ८५ मिनेटमा एभर्टनले गोल गरे पनि भारले त्यसलाई मान्यता दिएन ।

युनाईटेड ७ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । बराबरीसँगै युनाईटेडले शीर्षस्थानमा पुग्ने मौका समेत गुमायो । एभर्टन १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *