दर्शक बटुल्दै ‘लेखेनन् कविता कसैले बाबाको’
काठमाडाैं । ‘जो आकाश झै अटल छ, ब्रह्माण्ड झै विशाल छ, लेखेनन् कविता कसैले बाबाको’ कन्काइष्ट राईको स्वर तथा संगितमा सम्पूर्ण बुबाप्रति समर्पित गीत बजारमा आएको छ।
कन्काइष्ट राईको अफिसियल युट्युवबाट सार्वजनिक भएको उक्त गीतले दर्शकहरु बटुली रहेको छ। राजा घलेले उक्त गीतमा बाबा प्रतिको माया, सद्भाव र प्रेमलाई शब्दमा उतार्ने प्रयास गरेका छन्।
राजा घलेले शब्द सृजना गरेको उक्त गीतमा साहस शाक्यले संगित एरेन्ज गरेका थिए। मिन विष्टले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने गीतका रेकर्डिष्ट इजिन राई हुन्।
नरोत्तम पाण्डेको परिकल्पना तथा कथा रहेको भिडियोलाई छायांकन र निर्देशन पनि नरोत्तमले नै गरेका हुन्।
भिडियोमा हर्क बहादुर गुरुङ, निमा कुमारी गुरुङ र बिरासत राईको अभिनय रहेको छ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका गीतकार राजा घले अमेरिकाको एटलान्टाको लागि प्रथम पर्यटनदुत, एप्याकको प्रथम नेपाली महासचिब, नासाका प्रथम निर्वाचित अध्यक्ष, पूर्व एनआरएन आइसीसी सदस्य (निर्वाचित) हुन् भने हाल उनी “हामी नेपाली ग्लोबल ” नर्थ र साउथ अमेरिकाको एम्ब्यासडर पनि हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment