पूर्वक्लबविरुद्ध स्वारेजको गोल, बार्सिलोना पराजित
काठमाडौं। पूर्वक्लबविरुद्ध लुइस स्वारेजले गोल गर्दा स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो। एट्लेटिकोलाई महत्त्वपूर्ण तीन अंक दिलाउन थोमस लेमार र लुइस स्वारेजले १/१ गोल गरे।
खेलको २३औँ मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई १-० गोल अन्तरको अग्रता दिलाए। ४४औँ मिनेटमा स्वारेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए।
जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित बार्सिलोना भने ७ खेलबाट १२ अंक जोडेर दशौँ स्थानमा छ। स्पेनिस लिगमा काडिज र भ्यालेन्सियाले गोलरहीत बराबरी खेले भने लेभान्तेले मालोर्कालाई १-० गोल अन्तरले पराजित गरेकाे छ। ओसासुनाले रायो भालेकानोलाई १-० गोल अन्तरले पराजित गरेकाे छ।







डिसी नेपाल







Facebook Comment