पाँचाै खेलमा जित निकाल्दै चेल्सी शीर्ष स्थानमा, आर्सनल रोकियो
काठमाडौं। पाँचौ खेलमा जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल (इपीएल) मा शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेकाे हाे।
घरेलु मैदान स्टाम्फोर्ड ब्रीजमा चेल्सीलाई जित दिलाउन टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले १/१ गोल गरे। साउथह्याम्पटनका जेम्स वार्डले १ गोल फर्काए।
खेलको ७७औँ मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। साउथह्याम्पटन ४ अंक जोडेर १७औँ स्थानमा छ।
शनिबार राति नै भएको इपीएल खेलमा आर्सनलले ब्राइटनसँग गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ। लिड्स युनाइटेडले वाडफोर्डलाई १-०, उल्भ्सले न्युक्यासल युनाईटेडलाई २-१ ले पराजित गर्दा बर्नली र नर्विच सिटीले गोलरहीत बराबरी खेले।
No ads found for this position

डिसी नेपाल
Facebook Comment