युरोपियन च्याम्पियनशिप क्रिकेटमा इङल्याण्डविरुद्ध यो कस्तो फिल्डिङ ? (भिडियो)
काठमाडौं । युरोपियन च्याम्पियनशिप क्रिकेटमा एक खेलमा इङल्याण्डविरुद्ध फिनल्याण्डका कप्तानले यस्तो फिल्डिङ सेट गरे कि यसको तस्वीर सामाजिक संजालमा चर्चाको विषय बनेको छ । फिनल्याण्डका कप्तानले ब्याटरलाई आउट गराउनको लागि विकेटपछाडि स्लिपमा ९ जना फिल्डर लगाए ।
यो विचित्र फिल्डिङ सेटअप देखेर दर्शकहरु सबै चति परेका थिए किनकि क्रिकेटमा सामान्य रुपमा यस्तो फिल्डिङ देखिँदैन । खेलमा इङल्याण्ड इलेभेनविरुद्ध फिनल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । खेलको सुरुवातमै फिनल्याण्डका कप्तानले लगाएको अविश्वसनीय फिल्डिङले दर्शकको ध्यान तानेको थियो ।
Just one normal day of European Championship Cricket ?
Finland start the game against England with EIGHT in the slips, and a leg slip for good measure ?#ECC21 pic.twitter.com/lnuTv2RwMt
— Cricket on BT Sport (@btsportcricket) September 30, 2021
फिनल्याण्डले यो प्रतियोगितामा अहिलेसम्म एउटा मात्र खेल जितेको छ । इटलीलाई फिनल्याण्डले ५ रनले हराएको थियो । इङल्याण्डविरुद्धको खेलमा फिनल्याण्डले पहिलो बलकै लागि ८ जना स्लिप फिल्डर र १ जना लेग स्लिपलाई विकेट पछाडि लगाएको थियो । फिनल्याण्डका कप्तानको यो निर्णयमा कमेन्टेटरलाई पनि विश्वास भइरहेको थिएन र उनले पटक पटक आफूले देखेको कुरामा विश्वास नभएको बताएका थिए ।







डिसी नेपाल







Facebook Comment