लागूऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरालाई अदालतले जमानत दिएन

डिसी नेपाल
१८ असोज २०७८ ७:४२
940
Shares

काठमाडौं। लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यनसहित तीन जनाको रात हिरासतमा बितेको छ।

मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेकाे हाे । अदालतले अर्यालसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न नारकोर्टिक कन्ट्रोल ब्यूरो (एनसीबी) लाई अनुमति दिएको थियो।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रूजमा आयोजित ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो। आठमध्ये तीन जनालाई एनसीबीले सोधपुछ अदालतमा पेस गरेको थियो।

अदालतको अनुमतिपछि तीनै जनालाई एनसीबीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतीश मानेशिंदेले जमानत माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.