साफ च्याम्पियनसिपः आज नेपाल र श्रीलङ्का भिड्दै

डिसी नेपाल
१८ असोज २०७८ १४:०१
120
Shares

काठमाडौं। १३औं साफ च्याम्पियनसिपअन्तर्गत आज हुने खेलमा नेपाल र श्रीलंका भिड्दै छन्। माल्दिभ्समा जारी खेलमा आज नेपाली समयअनुसार राति ९ः४५ बाट नेपाल र श्रीलंकाबीचको खेल सुरु हुनेछ।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने खेलमा नेपाल श्रीलङ्कालाई हराएर लगातार दोस्रो जीत निकाल्न चाहन्छ। नेपालले यसअघि भएको खेलमा आयोजक राष्ट्र तथा साबिकको बिजेता माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरेका थिए। जीतसँगै नेपालले ३ अंक प्राप्त प्राप्त गरेर अहिले अंक तालिकामा हाल दोश्रो स्थानमा रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *