सुमनले दिलाए नेपाललाई सुरुवाती अग्रता, अल्मुताईरीले पाए पहेँलो कार्ड

डिसी नेपाल
१८ असोज २०७८ २२:३०
24
Shares

काठमाडौं । श्रीलंकाविरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध सुरुवाती गोल गरेको हो ।

नेपालको लागि मिडफिल्डर सुमन लामाले गोल गरे । श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन समालेका सुमनले खेलको ३१ मिनेटमा गोल गरेका हुन् ।

सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए । श्रीलंकाविरुद्ध नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहेलो कार्ड पाएका छन् ।

यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *